बढी को कारण ले २५ जनाको घर बगाएर घर बिहिन |

0
182

नैरोबी,- तान्जानियामा आएको बाढीका कारण पाँच जनाको मृत्यु हुनुका साथै दुई हजार ५०० भन्दा बढी मानिस घरबारविहीन भएका छन् ।जिल्ला प्रशासनका सचिव सालोम मागाम्बोले लेक मलावीसँग सीमा जोडिएको क्येला जिल्लाका विद्यालयहरु बन्द गरिएको जानकारी दिनुभयो ।

ठूलो वर्षाका कारण स्थानीय नदीको सतह बढेर गाउँतर्फ पसेपछि स्थानीय सर्वसाधारण अन्यत्र भाग्न विवश भएको पनि मागाम्बोले बताउनुभयो ।उहाँले बाढीले गरेको क्षति व्यापक रहेको बताउँदै विस्थापित मानिसहरु विद्यालय, गिर्जाघर र साथीभाइका घरमा आश्रय लिइरहेको जानकारी दिनुभयो ।

मोगाम्बोले आपतमा परेका मानिसका लागि खाद्यान्न र स्वास्थ्य सेवाको प्रबन्ध मिलाइएको पनि बताउनुभयो । बाढीले यहाँको धानखेत डुबाएको, बालीनालीमा व्यापक क्षति गरेको तथा आगामी दिनमा खाद्यान्न अभाव हुने स्थिति उत्पन्न भएको छ ।गत वर्ष अप्रिलमा केन्याको आर्थिक राजधानी दारे–ए–सलाममा भारी वर्षासँगै आएको बाढीले कम्तीमा १४ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here