रंगशाला समय भित्रै बनाउने गरि सबैलाई सहयोग गर्न आग्रह गरे सन्दिप लम्छाने ले |

0
249

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले चितवनमा बन्न लागेको रंगशाला समय भित्रै बनाउने गरि सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।आइपिएल २०१९ सकाएपछि फर्किएका सन्दिपले चितवनमा आयोजित कार्यक्रममा खेलाडीलाई आवश्यक पर्ने सुविधाहरु प्रदान गर्न सके क्रिकेटबाट नेपाललाई बिश्व सामु चिनाउन सकिने बताए ।

‘अरुको देशको रंगशाला हेर्दा र नेपालको हेर्दा धेरै फरक छ अहिले थुप्रै खेलाडीहरु उत्पादन भएका छन् तर हाम्रोमा राम्रो संग खेल्ने मैदान समेत छैन’,उनले भने ।लामिछानेले चितवनमा बन्न लागेको खेल मैदानलाई समय भित्र सम्पन्न गर्न १/१ रुपैया भएपनि सहयोग गर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here