रविले सोही मञ्चबाट १२ लाख ८० हजार रुपैयाँ कालिकोटको रासकोटमा निर्माणधिन अस्पतालका लागी दिने घोषणा गरेका छन् ।

0
224

कालीकोटको अस्पतालका लागी यि अन्य ब्यक्तिले पनि गरे ठूलो सहयोग

काठमाडौँ – चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा सहभागीता जनाएर चर्चित पत्रकार रवि लामिछानेले ६ लाख ४० हजार रुपैयाँ जित्न सफल भएका छन् ।केडिया अर्जनाइजेशनका तारा चन्दले ३ लाख २० हजार र श्री स्टील्स प्रालीले ३ लाख २० हजार सहयोग दिँदा रविले सोही मञ्चबाट १२ लाख ८० हजार रुपैयाँ कालिकोटको रासकोटमा निर्माणधिन अस्पतालका लागी दिने घोषणा गरेका छन् ।

रविले अहिले विश्वभर उक्त अस्पतालको लागी आर्थिक अभियान चलाएका छन् । रासकोट नगरपालिकाले उपलब्ध गराएको २ सय रोपनी जग्गामा करिब १० करोड रुपैयाँको लागतमा अस्पताल निर्माण गर्न रवि स्वयमले नै आर्थिक पाटोको जिम्मेवारी लिएका छन् ।

राजेश हमालको उक्त कार्यक्रमबाट करिब १३ लाख रुपैँया उठाएका रविलाई देशबाट मात्रै नभई विदेशबाट पनि सहयोग रकम आउनेक्रम जारी नै छ । गएराती प्रसारण्मा आएको राजेश हमालले संचालन गर्ने को बन्छ करोडपतिमा रविले यसरी गरेका थिए राजेशको सामना हेर्नुहोस् भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here