अनिल आँफु स्थापित नहुँदै सुनितासँग प्रेम र रोमान्स मात्रै गरेनन् उनलाई विबाह नै गरे ।

0
222

एजेन्सी । बलिउड चर्चित नायक अनिल कपुरकी पत्नि सुनिता मोडल हुन् । अनिल आँफु स्थापित नहुँदै सुनितासँग प्रेम र रोमान्स मात्रै गरेनन् उनलाई विबाह नै गरे । १९ मे सन् १९८४ मा १० वर्षसम्म एक–अर्कालाई डेट गरेपछि उनीहरुले विवाह गरेका थिए । आफ्नो विवाहको वर्षगाँठमा एक समाचार एजेन्सीसँगको कुराकानीमा अनिलले आफ्नो प्रेम जीवनका साथै वैवाहिक जीवनबारे पनि कुरा गरे ।

अनिलका अनुसार सुनितासँग म्यागजिनको कभरमा पोज दिनका लागि उनले श्रीमतीको करिब करिब खुट्टासमेत ढोगिसकेका छन् । बैंकरकी छोरी भएपनि उनले सधैं आफैंले कमाएर आफ्नो खर्च पुर्याएको भन्दै आँफुले सँधै सुधिताको साथ।, हौसला र माया पाएकै कारण आज आँफु यो स्थानमा पुगेको बताए । प्रेममा रहेकै समयमा सुनिताले बोलेका कुराहरु स्मरण गर्दै अनिल भन्छन् , ‘मलाई सबैभन्दा पहिले उनको आवाज मनपर्‍यो ।

म सोच्थेँ, हे भगवान १ कति मिठो आवाज हो । कस्तो राम्रोसँग अंग्रेजी बोल्छिन् । उच्चारण त अति नै राम्रो छ । पहिलो पटक उनलाइ राजकपुरको घरमा भेटेको थिएँ । उनी निकै आकर्षक थिइन्, अझ भनौं निकै सेक्सी पनि । उनले गोगो चश्मा लगाएकी थिइन् । त्यसपछि हाम्रो फोनमा कुरा हुन सुरु भयो र हामी साथी भयौं । सुरुमा हामी राम्रो साथी बन्यौं र त्यसपछि हामी प्रेममा पर्यौं । जब उनी मबाट टाढा हुन्थिन्, मलाई उनको याद आउन थाल्यो ।

एक अन्तरवार्ताका क्रममा सुनिताले आँफुले कहिल्यै किचनमा काम नगर्ने बताएको पनि स्मरण गरे । तर एउटा कुरामा भने अनिलले भनेको कहिल्यै श्रीमतीले नमानेको उनी बताउँछन् । त्यो हो ग म्यागजिनको कभरमा पोज दिन । दजसका लागी उनले सुनिताको खुट्टा नै ढोगेको पटक पटक दोहोर्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here