को होल त युरोपेली गोल्डेन बुट्को हक्दार |

0
134

एजेन्सी । स्पेनिस ला लिगामा चर्चित खेलाडी लियोनेल मेसीले चामत्कार गोल गरे पनि बार्सिलोनाले जित निकाल्न सकेन । स्पेनिस ला लिगा अन्तर्गत अन्तिम खेलमा बार्सिलोना एइबारको घरेलु मैदानमा २९२ को बराबरीमा रोकिएको हो । निकै रोमाञ्चक प्रतिस्पर्धाले भरीएको खेलमा बार्सिलोनाको लागि कप्तान मेस्सीले ३१ औं र ३३ औं मिनेटमा गोल गरे । ३१ औं मिनेटमा आर्टुरो भिडालको पासमा र ३३ औं मिनेटमा इभान राकीटिचको पासमा गोल गरे भने एइबारको लागि मार्क कुकुरेल्ला र पाब्लो डे ब्लासिसले गोल गरेपछि खेल बराबरीमा पुग्यो । पहिलो हाफको अन्तिम मिनेटमा पाब्लो डे ब्लासिसले गोल गरेपछि एइबार खेलमा फर्किएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल २(२ कै बराबरीमा सकियो । गएरातीको खेलमा २ मिनेटमा नै २ गोल गरेपछि लियोनेल मेसी लिगको सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले लिगका ३४ खेल खेल्दै ३६ गोल गर्न सफल भएका छन् । गएरातीको खेल बराबरी खेलेपनि बार्सिलोनाले शीर्षस्थानमा ३८ खेल खेल्दै ८७ अंक जोड्दै लिगको अन्त्य गरेको छ भने दोस्रो स्थानको एटलेटिको ११ अंक पछाडी छ । यस नतिजासँगै मेसी लिगको सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले लिगका ३४ खेल खेल्दै ३६ गोल गरे । युरोपेली गोल्डेन बुटमा पनि उनले किलियन एमबाप्पेसँग ४ गोलको अग्रता बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here