सत्रु गते टिमले कती कमए तीन सतामा |

0
125

काठमाडौँ- गएको वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीले तेस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ ।तेस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले ६ करोड २५ लाखभन्दा माथिको कारोबार गरिसकेको छ । झण्डै ३ करोडको लगानीमा बनेको चलचित्रले लगानी भने प्रदर्शन अगावै उठाइसकेको थियो ।

प्रदर्शनबाट आएको रकम भने पूर्णरुपमा नाफा हो । चलचित्रलाई अस्ट्रेलिया र युरोपमा मात्रै ६० लाखमा बिक्री गरिएको थियो । यस्तै अब अमेरिका, लण्डन, जापान, कोरिया लगायतका देशमा चलचित्र प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ ।दाल भात तरकारीलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here