नदीको किनारमा रहेको निरइ देवीको मन्दिर वर्षमा जम्मा ५ घण्टाका लागी मात्र खुल्छ ।

0
128

एजेन्सी । भारतको छत्तिसगढको गरियाबन्द जिल्लाको मुख्यालयबाट १२ किलोमिटर दूरीमा नदीको किनारमा रहेको निरइ देवीको मन्दिर वर्षमा जम्मा ५ घण्टाका लागी मात्र खुल्छ ।

मन्दिरमा दर्शन गर्न पाइए पनि यहाँ बिहान ४ बजेदेखि विहान ५ बजेसम्म मात्र दर्शन गर्न पाइन्छ। नवरात्रीमा प्रत्येक वर्ष ज्योति आफै प्रज्वलित हुने यो मन्दिर निकै कम समयका लागी खुल्ने भएका कारण पनि यो मन्दिर विश्वभर चर्चामा रहेको छ ।

यो मन्दिरकी देवी निराई श्रद्धालु एवं भक्तजनको आकर्षणको केन्द्र बनेको छ। निराई देवीलाई सिन्दुर, पुत्रलाभ, श्रृगार, कुमकुम, टीका लगायतका सामग्री चढाउन पाइदैन। देवीलाई नरिवल अगरबत्तीबाट मनाउने गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here