अभिनेत्री प्रियंका कार्की र प्रियंका चोपडाको स्टाइल उस्त |हेर्नुहोस् |

0
164

काठमाडौं। फ्रान्समा आयोजित ‘कान्स फिल्म फेस्टिभल’मा अभिनेत्री प्रियंका कार्की सहभागी भएकी छिन् । उनले २० मे सोमबार कान्सको पार्टीमा सहभागिता जनाएकी हुन् । ७२ औं संस्करणमा इतिहासमै पहिलो पटक नेपालको प्रतिनिधित्व गरेर प्रियंका कान्समा गएकी हुन् । उनी नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनर गरी चार कार्यक्रममा सहभागी हुनेछिन् ।हलिउड बलिउड सेलिबे्रटी सहभागी हुने विश्व चर्चित फिल्म फेस्टिभलमा नेपालबाट प्रतिनिधित्व गर्दै पहिलो पटक प्रियंका सहभागी भएकी छिन् । उनले उक्त समारोहमा सहभागी भएको फोटो इन्स्टाग्राम र फेसबुक फ्यान पेजमा सेयर गरिरहेकी छिन् । उनले गोल्डेन कलरको गाउन लगाएकी छिन् ।तस्विर उनी अत्यन्तै सुन्दर देखिएकी छन् ।कान्स फेस्टिभलको ७२ औं संस्करणमा प्रियंका सोमबार देखि शुक्रबार सम्म सहभागी रहने छिन् ।

यो फेस्टिभल १४ मे देखि २५ मे सम्म आयोजना हुनेछ । कान्समा यस अघि बलिउडका प्रियंका एश्वर्या, दिपिका कंना लगातका सहभागी भइसकेका छन् । यसैबिच उनले त्यहाँ पुगेपछि केही फोटोहरु शेयर गरेकी छिन् । उनले शेयर गरेका फोटोहरुमा उनको स्टाइल दुरुस्तै प्रियंका चोपडासँग मिल्छ । प्रियंका चोपडाले केही दिन अघि कान्सको फोटो शेयर गरेकी थिइन् । त्यो फोटोमा प्रियंका चोपडाले जस्तो ड्रेस लगाएकी थिइन् प्रियंका कार्कीको पनि ड्रेस उस्तै छ । यतिसम्म कि उनले पोज र लोकेसन पनि दुरुस्तै कपी गरेकी छिन् । हेर्नुहोस् यि रमाइला तस्विरहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here