२० औ स्थापना दिवसको अवसर पारी ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार – २०७५’ द्वारा सम्मान गरिएको छ

0
245

चलचित्र पत्रकार संघ नेपालले पाँच जना फिल्म पत्रकारहरुलाई चलचित्र पत्रकार संघको २० औ स्थापना दिवसको अवसर पारी ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार – २०७५’ द्वारा सम्मान गरिएको छ । संघ स्थापनाको २० बर्षको उपलक्ष्यमा २० औं स्थापना दिवस मनाउँदै संघले फिल्म क्षेत्रमा योगदान दिएका पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको हो । संघले बार्षिक रुपमा यो कार्यक्रमलाई निरन्तरता दिँदै आईरहेको छ । यस बर्ष भने पत्रकारितामा १५ बर्ष भन्दा बढि समय दिएका दुई पत्रकारहरु नरेश भट्टराई र श्याम स्मृतलाई ताम्रपत्र, दोसल्ला र ट्रफीद्वारा ‘चलचित्र पत्रकारिता सम्मान–२०७५’ बाट सम्मान गरिएको हो ।

यस्तै फिल्म क्षेत्रमा १० बर्ष भन्दा बढि समय दिएका दुई पत्रकारहरु कुवेर गिरी र शारदा थापालाई संघले नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरि ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७५’ द्धारा पुरस्कृत गरिएको हो । पत्रकारिता पेशामा नव प्रतिभा तथा पत्रकारिता संभावना बोकेका पत्रकारहरुबाट फिल्म फोटो पत्रकार बिनोद पोखरेललाई १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी प्रदान गरि ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७५’ द्धारा पुरस्कृत गरिएको हो । सोही कार्यक्रममा मन्त्री गोकुल प्रसाद बास्कोटले प्रश्न गर्दै भन्नु भयो जन निर्बाचित सरकार हो कसैले भोट लुटेर ल्याको हो ? हेरौ संचार मन्त्री गोकुल प्रसाद बास्कोटाको अहिले सम्मकै दमदार भाषण । भिडियो हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here