आगा लागिले गर्दा १ परिवारमा ३ जाना को मृत्यु कारण हेर्नुहोस् |

0
128

बैतडी – बैतडीमा गएराती आगलागी हुँदा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका छन् । खाना खाई टहरामा सुतेका उनीहरु चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा लुहार परिवारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका थिए। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलेर मृत्यु भइसकेको बताइएको छ । मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here