बुलेर दुर्घटन सडक बाट करिब १०० मिटर् तल खसेर दुर्घटन हुँदा १ जना घटना स्थलमा ज्यान गएको छन |

0
253

मकवानपुर – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा भारतको मोतीहारी जिल्ला बस्ने वर्ष ४५ का कनैया साह रहेका छन् ।

बिहान ३ः३० बजे भएको सो दुर्घटनामा परी भीमफेदी गाउँपालिका–५ बस्ने वर्ष २० का महेश भुलन (चालक) र भारतको बेतीया बस्ने वर्ष २२ का कनैयाकुमार साह घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि बल्खु काठमाडौँस्थित वयोधा अस्पतालमा पठाइएको छ ।वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा२०च ४२७९ नम्बरको बोलेरो सडकबाट करीब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here