2 भोट् आए पछी उम्मेदवार रोए टाउकोमा हात राखेर |

0
256

काठमाडौं – भारतमा लोकसभा चुनावमा जालन्धरको एक मतगणना केन्द्रमा अनौठो दृश्य देखियो । शटर बनाउने नीतू शटरांवाला बिहीवार आँसु चुहाउँदै मतगणना केन्द्रबाट रुँदै बाहिरिएको भिडियो भाइरल भइरहेको छ । । चुनावमा हारेर मात्र उनको आँसु चुहिएको भने हैन । उनले चुनाबमा जम्मा पाँच भोट पाएपछि उनको आँशु चुहिएको हो ।

‘मेरा परिवारमा ९ सदस्य छन् तर मैले जम्मा ५ भोट पाएँ । मेरो गल्लीमा बस्ने सबैजनाले मलाई भोट दिने वाचा गरेका थिए । मैले एक महिना पसलमा नबसेर मानिसहरूसँग भेटघाट गरें तर उनीहरूले भोट दिएनन् । मेरै परिवारका मानिसले पनि मलाई धोका दिए उनले रुँदै सुनाए ।

नीतू मतगणना केन्द्रमै ग्वाँ ग्वाँ रुँदा मानिसहरूले उनका कुराको भिडियो रेकर्डिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गरे पछि भाइरल भएको हो ।अन्तिम मतगणनामा नीतूले ८५६ भोट ल्याए । हारबाट निराश नीतूले अबदेखि कहिल्यै चुनाव नलड्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here