अब भने वरुणले प्रमिका नतशासँग बिहे गर्न लागेको खबर बाहिर आएको छ ।

0
122

एजेन्सी- बलिउड नायक बरुण धवन चलचित्रसँगै आफ्नो प्रेम जीवनका कारण पनि चर्चामा छन् । अब भने वरुणले प्रमिका नतशासँग बिहे गर्न लागेको खबर बाहिर आएको छ । तर, उनीहरुले भने यो विषयमा औपचारिक जनकारी दिएका छैनन् ।

केही समय अगाडि त बरुणले यो कुरालाई झुटो भएको पनि बताएका थिए । भारतिय मिडियाले जनाए अनुसार यो जोडीले आगामी डिसेम्बरलाई बिबाहको मिति पक्का गरिसकेको बताइएको छ ।खबरका अनुसार उनीहरुले गोहाको समुन्द्री किनारामा बिबाह गर्ने तयारी गरिरहेका छन् ।

जहाँ दुई परिवार र बलिउडका केही कलाकारहरु मात्र उपस्थित हुनेछन् । बिबाहपछि उनीहरुले मुम्बाईमा रिशेप्सन पार्टी गर्नेछन् ।हाल बरुण धवन चलचित्र ‘स्ट्रिट डान्सर ३’को छायांकनमा व्यस्त रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here