अपहरण गरिदिन्छु भन्दै धम्की दिने यो जोडी पक्राउ |

0
158

काठमाडौँ – धम्क्याउदै रकम असुली गर्ने गिरोहलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रूवी ठाकुर र उनका प्रेमी लोकेन्द्र बहादुर शाही रहेका छन्। पक्राउ पर्ने दुवै अभियुक्त टिकापुर घर भई हाल काठमाडौँ रहँदै आएका थिए।

सिन्धुपाल्चोक, सुनकोशी गाँउ पालिका वडा नं। ६ घर भई हाल काठमाडौँको बुद्धनगर बस्ने बर्ष ४२ का सिताराम कार्किलाई विभिन्न फोन नम्वरहरुबाट मेसेज पठाएर धम्कि दिएर रकम असुल्न खोज्ने यो जोडीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।मेसेज मार्फत रू।

५ लाख रकम माग गर्नुका साथै उक्त रकम नदिए निजको छोरालाई अपहरण गर्ने धम्की दिएको बताइएको छ ।लोकेन्द्र बहादुर शाही र रुबी ठाकुरले धम्काउन प्रयोग गरेको मोवाईल र सिम कार्ड सहित महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here