२२० भन्दा धेरै फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री सुमनलता अम्बरिशले ऐतिहासिक जीत हात पारेकी छिन् ।

0
157

एजेन्सी – भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत पाउने पक्का भएको छ दक्षिण भारतीय तथा हिन्दी गरी २२० भन्दा धेरै फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री सुमनलता अम्बरिशले ऐतिहासिक जीत हात पारेकी छिन् ।

उनको जीत यसकारण चर्चामा छ कि उनी निर्दलीय (स्वतन्त्र) उम्मेदवार हुन् र उनले पूर्व प्रधानमन्त्रीका नाती तथा कर्नाटकका बहालवाला मुख्यमन्त्रीका छोरालाई चुनावमा हराएपछि त उनी झनै चर्चामा आएकी हुन् ।

कर्नाटकको मंड्याबाट स्वतन्त्र उम्मेदवार सुमनलताले पूर्व प्रधानमन्त्री एचडी देवेगौडाका नाती तथा बहालवाला मुख्यमन्त्री एचडी कुमारस्वामीका छोरा निखिल कुमारस्वामीलाई १ लाखभन्दा धेरै मत अन्तरले हराउन सफल भएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here