निर्देशक मिलन चाम्सा प्रशंसा गर्दै यस्तो स्टाटस लेखे बर्षाले हेर्नुहोस् |

0
243

काठमाडौँ- नायिका वर्षा सिवाकोटी अभिनित फिल्म ‘बीर विक्रम २’ दोस्रो हप्तामा प्रर्दशन भईरहेको छ । फिल्मको व्यापार सन्तोषजनक छ । निर्माण टिम फिल्मको व्यापार र दर्शक प्रतिक्रियाबाट सन्तुष्टि छ ।‘नाई न भन्नु ल २’ बाट फिल्ममा डेब्यु गरेकी नायिका वर्षा सिवाकाटीले करिब आधा दर्जन फिल्ममा काम गरिसकेकी छिन् । पछिल्लो समय उनी अभिनित फिल्म ‘बीर विक्रम २’ लाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् ।

वर्षाले फेसबुकमा लामो स्टाटस लेख्दै निर्देशक चाम्सलाई फिल्ममा लिएकोमा धन्यवाद दिएकी छिन् ।मिलन चाम्स र वर्षा प्रेम सम्बन्धमा रहेको गसिप लामो समय देखि फिल्म क्षेत्रमा चलिरहेको छ । वर्षाले नाम जोडिएर आएपनि राम्रो कुरा भन्न डराउन नहुने भन्दै चाम्सको तारिफ गरेकी छिन् ।

उनले चाम्सलाई भेटेपछि आफ्नो करियरको टर्निङ आएको समेत बताएकी छन् ।। निर्देशक चाम्सँग फिल्म र म्युजिक भिडियोमा सहकार्य गरिरहेकी बर्षाले फेसबुक स्टाटसमा खुलेरै तारिफ गरेकी छन् । बर्षाले लेखेकी छन्, चिप्लो घसे जस्तो हुन्छ तर पनि लामो सहकार्य गर्न ईच्छा छ । मिलन चाम्सले वर्षा सिवाकोटीलाई लिएर म्युजिक भिडियो समेत बनाउन सुरु गरिसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here