यी खाने कुरा दुध सँग नखानु होला हेर्नुहोस् |

0
280

काठमाडौ- दुध स्वनदका लागी मात्र  नभइ स्वास्थका लागी पनि उपयोगी पेय पर्दाथ हो । तर दुध मिलाएर खाए अमृत बन्छ नत्र विष बन्छ ।त्यसैले दुध सँग स्वास्थलाई असर पर्ने कुरा दुधमा मिसाएर खानु हुँदेन् ।मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ ।

नुन वा नुनजन्य वस्तुमा दूध मिसाएर खानुहुँदैन । यसमा पनि ब्रेकफास्टमा यी दुई चिज एकैसाथ लिँदा अझ हानि पु(याउँछ । दूध र दही एकै किसिमका दुग्धजन्य पदार्थ भए पनि यी दुई एकैसाथ सेवन गर्नुहुँदैन । सँगै खाएमा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने हुन्छ । तर, दूध र दही एक घन्टाको फरकमा भने खान सकिन्छ ।

माछा र दूध पनि खान हुँदेन् ।माछा र दूधमा पाइने तत्वहरूले एक–आपसमा विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो हुँदैन । यसले छालामा समस्या सिर्जना गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here