स्वास्थ्यस्थितीमा सुधार नआएपछि श्वेताको ठाउँमा प्रियंका अनुबन्धित भएकी हुन् ।

0
187

काठमाडौं । चलचित्र ‘हेलो जिन्दगी’मा अभिनेत्री श्वेता खड्काको स्थानमा प्रियंका कार्कीलाई लिइने भएको छ । स्वास्थ्यस्थितीमा सुधार नआएपछि श्वेताको ठाउँमा प्रियंका अनुबन्धित भएकी हुन् । सुटिङका लागि लण्डनमा गएको समयमा श्वेतालाई अचानक घाँटीमा समस्या देखिएपछि चिकित्सकले चेकजाँचमा ट्युमर भएको पत्ता लागेको थियो । त्यसपछि उनको भारतमा ट्युमरको शल्यकृया गरिएको थियो ।

ल्यक्रियापछि श्वेताको सोचेअनुरुप स्वास्थ्यमा सुधार नआएपछि उनकै सल्लाहमा फिल्ममा प्रियंका कार्की निर्णय भएको हो ।श्वेताको भूमिकामा यसअघि खिचिएको फिल्मको सिन हटाएर पूनः छायांकन गरिने छ ।फिल्मको सबै छायांकन लन्डनमा गर्ने तयारीमा निर्माण पक्ष थियो । तर, श्वेताको स्वास्थ्यस्थिति बिग्रिएपछि उनको भूमिकाबाहेक बाँकी अरू कलाकारको छायांकन लन्डनमा सम्पन्न गरेर निर्माण टिम दुई साताअघि काठमाडौं फर्किएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here