सार्वजनिक भएको छोटो समयमा नै ट्रेण्डिगंमा आउन सफल भएको छ ।

0
190

काठमाडौं – उही खोलीमा माछी’ ‘जाम सुस्तै’ ‘सालको पात टपरी’बाट निकै चर्चामा आएका सफल सर्जक वसन्त थापाको नयाँ गीत ‘लोभी आँखा’ सार्वजनिक भएको छोटो समयमा नै ट्रेण्डिगंमा आउन सफल भएको छ ।

आफ्नो मन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शकले अत्यधिक रुचाएसँगै यो समाचार तयार पार्दासम्म ट्रेण्डिगंका छौठौँ स्थानमा रहेको छ भने ८ लाख बढी दर्शकले हेरिसकेका छन् । सार्वजनिक गीतमा वसन्त थापा र लक्ष्मी मल्लको स्वर रहेको छ ।

कृष्ण केसीका शब्द रहेको गीतमा वसन्त थापाको लय रहेको छ। गीतको एरेन्ज आशीष अविरलले गरेका छन् भने अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेलको दमदार अभिनय रहेको छ । यस गितको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका छन्। गीतमा रामेश्वर कार्कीको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here