पछिल्लो केही घण्टामा मुलुकका विभिन्न स्थानमा बम भेटिन थालेपछि स्थानीयहरु त्रसित भएका छन् ।

0
140

काठमाडौं । पछिल्लो केही घण्टामा मुलुकका विभिन्न स्थानमा बम भेटिन थालेपछि स्थानीयहरु त्रसित भएका छन् । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आइतबार र सोमबार बम विस्फोट र विस्फोट गर्नका लागि राखिएका बमहरु भेटिएपछि मुलुकभर शान्ति सुरक्षाको विषयलाई लिएर चिन्ता जनाइएको छ । यसबारे प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको बताएका उनले विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताए । राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको उनले बताए ।

विप्लव समूहको बन्द र आपराधिक गतिविधिको जनस्तरबाट खारेज भएको, तर शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको उनले बताए । ‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ,’ गृहमन्त्री थापाले भने, ‘यो समूहलाई मुल धारमा ल्याउन र गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here