अनमोल के.सी झर्ना थापाको मन पर्ने हिरो |उनको रोजाइ |

0
168

काठमाडौँ – नायक अनमोल केसी र नायिका सुहाना थापाको जोडी अहिलेको समयमा एकदमै मनपराइएको जोडि हो । ए मेरो हजुर ३ को सफलतापछि पनि यो जोडीलाई अत्यन्तै रुचाइएको हो ।ए मेरो हजुर ३ अगाडीनै झरना थापाले भागवद गीता बनाउने कुरा थियो तर उनले आफ्नै छोरिलाई अनमोलसंग डेब्यु गराएर ए मेरो हजुर ३ बनाइन् ।

फिल्ममा सुहानाको अभिनयलाई अत्यन्तै रुचाइयो ।अनमोल र सुहानाको जोडीले दर्शकको राम्रो माया र साथ पाएको छ । यसैले होला झरना फेरि यिनै दुई लाई लिएर चलचित्र बनाउनलाई निकै उत्साहित भएकी छन् ।

उनले फिल्म भागवत गीतामा अनमोल हुन सक्ने संकेत गरेकी थिइन् । केही दिन अगाडि ए मेरो हजुर ३ को बेलायत शोका लागी सुहानासंगै बेलायत उडेकी झरनाले अर्को चलचित्रमा अनमोलको सम्भावना के होला भन्ने पत्रकारको प्रश्नमा अनमोल सधै पहिलो प्राथमिकतामा रहने जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here