गायक सोनु निगमलाई राजनीतिक क्षेत्रमा प्रस्ताब |के गरलान्त |

0
150

एजेन्सी -भारतका चर्चित गायक हुन् सोनु निगम । उनि विभिन्न राजनैतिक कार्यक्रमहरुमा आफ्नो राय ब्यक्त गर्दै आइरहेका छन् । सोनु आफ्नो गायन तर्फ अगाडि बढिरहेका छन् । राजनीतिका बारेमा खुलेआम रुपमा आफ्नो आवाज निकाल्दै समेत हिड्ने उनले हालसम्म राजनीतिमा प्रबेश गर्ने कुनै तयारी गरेका छैनन ।

उनले भारतमा कुपोषण नियन्त्रण गर्नका लागि समेत कार्य गर्दै आइरहेका छन। उनि सामाजिक कार्यमा सामेल हुदै पनि आइरहेका छन।उनले एक अन्तर्वार्ताका क्रममा यो पनि भनेका छन कि ‘मलाई राजनीतिमा आउनका लागि प्रस्ताव त धेरै आएका छन तर मैले यसका लागि कुनै पनि तयारी नगरेकाले इन्कार गरिदिएको छु’ ।

सोनुले प्रधानमन्त्री मोदीको जीवनमा आधारित वेब सिरिजका लागि ‘श्याम के रोगन रेले’ बोलको गीतमा आफ्नो आवाज समेत भरेका छन। जुन गीतलाई उनले राजनैतिक भन्दा बढी आफ्नै शैलीमा ढालेर प्रस्तुत गरेका छन। बलिउडमा उनले धेरै चर्चित गीतहरु गाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here