सो भोजमा जंगबहादुर र उनका भाइहरुलाई विष मिसिएको खाना खुवाएर हत्या गर्ने योजना बनाइएको थियो ।हेर्नुहोस् |

0
260

वि.सं १९०३ कार्तिक १२ गते हनुमानढोकाको भण्डारखाल बगैचामा भोजको आयोजना गरिएको थियो । सो भोजमा जंगबहादुर र उनका भाइहरुलाई विष मिसिएको खाना खुवाएर हत्या गर्ने योजना बनाइएको थियो । तर पण्डित विजयराजले सो षड्यन्त्रको पोल खोले पछी जंगबहादुरले आफ्ना दुस्मनको संहार गरे । भण्डारखाल बगैचा मा भएको सो घटनालाई भण्डार खाल पर्व भनिन्छ । कोत पर्वपछि जंगबहादुर रानी लक्ष्मीदेवीको मन जितेर प्रधान सेनापति बन्न सफल भए । रानी लक्ष्मीदेवीले माथवरसिंह थापालाई झैँ जंगबहादुरलाई पनि युबराज सुरेन्द्रको हत्या गरि रणेन्द्रलाई गद्दीमा राख्न आबश्यक प्रबन्ध गर्न दबाब दिईन् ।

रानीले जंगबहादुरबाट आफ्नो उद्देश्य पुरा हुने बिश्वास गरेकी थिइन् तर जंगबहादुरले पनि मामा माथवरसिंह थापाले झैँ रानीको आदेश उल्लंघन गरे | उनले “युबराजको हत्या गने प्रयास गरेको अपराधमा रानीमाथि कारबाही गर्न सकिने ” व्यहोराको जबाफ पठाएकाले रानी रिसले चुर भइन् तर उनले बाहिर जंगबहादुरसंग रिसाएको भाव ब्यक्त नगरी भित्रभित्रै हत्याको षडयन्त्र गरिन् । भण्डारखाल बगैचामा आयोजना गरिने भोजमा जंगबहादुरलाई विष मिलाइएको भोजन खान दिएर मार्ने र उक्त भोजन नखाएमा गोलि हानी हत्या गर्ने योजना बनेको थियो । त्यसपछि कान्छी रानीले बस्न्यात खलकका अग्रज वीरध्वज बस्न्यातलाई प्रधानमन्त्री बनाउने मोहमा षड्यन्त्र रच्न लगाइन् । भिडियो हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here