बाबा एजुकेसन कन्सलटेन्सीले सिड्नीमा नेपाली विद्यार्थीलाई नि:शुल्क साईकल बितरण गर्दै |

0
246

अमृत शर्मा
सिड्नी, अस्ट्रेलिया
उच्च शिक्षा अध्यनका लागि नेपाली विद्यार्थीको मुख्य आकर्षणको गन्तब्य भएको छ अस्ट्रेलिया । संख्यात्मक रुपमा विद्यार्थीको चाप बढ्दै गर्दा काम पाउन भने गार्हो हुने गरेको विद्यार्थीको गुनासो छ ।अस्ट्रेलिया अवसरको खानी भएको तर विद्यार्थीलाई सहि मार्ग निर्देशन नहुदा क्षमतावान विद्यार्थी पनि खाली हात बस्नु पर्ने बाध्यता रहेको छ। नेपालबाट आउदा बिद्यार्थीले अस्ट्रेलियामा पाइने कामका बारेमा पूर्व तयारी नगरिनुले पनि काम पाउन निकै कठिन हुने गरेको छ ।

विद्यार्थीको मुख्य समस्या र कामको अभाबलाई मध्यनजर गर्दै बाबा एजुकेसन कन्सलटेन्सी र आर के एस अस्ट्रेलियाले २० वोटा साईकल नि:शुल्क वितरण गर्ने भएको छ । १० जना महिला र १० जना पुरुष गरि जम्मा २० जना विद्यार्थीलाई साईकल दिन लागिएको हो । अबर्न स्ट्रीट ग्यांगले आयोजना गर्न लागेको यस्तो कार्येक्रम सम्भवत अस्ट्रेलियामै पहिलो पटक हुदै छ । धेरै विद्यार्थीहरुले काम नपाएका कारण दयनीय अवस्था देखिएको र तिनै वास्तविक पिडा भोगीरहेका विद्यार्थीहरुलाई केहि हद सम्म भए पनि राहत पुग्ने बुझाईले यस्तो कार्येक्रम आयोजना गर्न लागेको बताउछन् अबर्न स्ट्रीट ग्यांगका प्रेसिडेन्ट रोशन खतिवोड़ा ।

उनि भन्छन् – साईकल बाटै उबर इट्स गरेर विद्यार्थीले आफ्नो जिबिको पार्जन गर्न सक्ने छन् जसले गर्दा अन्य विद्यार्थीहरुलाई पनि राम्रो प्रेरणा हुन सक्छ ।

यो कार्येक्रममा सहभागिताका लागि केहि हप्ता अगाडी एप्लीकेसन फर्म खोलिएको थियो करिब १०० जना बिद्यार्थीको फर्म आएको थियो र ति मध्यबाट छनौट गरि अति आवस्यकता भएका विद्यार्थीहरुलाई प्राथमिकता दिई २० जनाको नाम निकालिने छ र उनीहरुको पुलिस चेक गरि उबर इट्समा रजिस्टर गरिने छ । यद्दपि साईकल २० जनालाई मात्र दिन सम्भव भए पनि अन्य जबलेस विद्यार्थीहरु उपस्थित भएर उबर इट्समा रजिस्टर हुन रोशनले आग्रह गरेका छन् । साथै विद्यार्थीलाई साईकल चलाउनका लागि आवस्यकता पर्ने ट्राफिक रुल्स पनि कार्येक्रममा सिकाइने छ । कार्येक्रममा केहि सांगेतिक प्रस्तुतिहरु पनि रहने छन् । कार्येक्रम सिड्नीको रकडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा येही २६ जून बुधबारका दिन आयोजना हुदैछ ।

सिड्नीमा आयोजना हुने कार्येक्रम- मनोरन्जनात्मक या च्यारिटी होस् अथवा समुदायको लागि या विद्यार्थीको सहयोगका लागि होस् आधिकाङ्स कार्येक्रमहरुको मुख्य प्रायोजक रहने गरेको छ बाबा एजुकेसन कन्सल्ट्यान्सी र आर के एस अस्ट्रेलिया । येही संस्थालेनै आग्रपंथीमा रहेर हरेक नेपालीको दुख- सुख मा साथ- सहयोग गर्ने गरेको छ । विद्यार्थीहरुलाई सेवा दिएर कमाएको पैसा विद्यार्थीकै लागि खर्च गर्न पाउनु आफ्नो लागि अवसर भएको बताउछन् बाबा एजुकेसन कन्सल्ट्यान्सी र आर के एस अस्ट्रेलिया का संचालक रविन्द्र कुमार शर्मा । melodynepaltv Chiranjivi bhandari सम्पर्क : 9847425260 | मनोरन्जनको लागि यो भिडियो हेर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here