यही भाद्र १३ गते देखि २२ गते सम्म कुरिनटार तीज मेला’मा जाउँ भरपुर मनोरंजनमा रमाउँ ।

0
174

ईच्छा कामनाकाना ४ कुरिनटार’मा यही यही भाद्र १३ गते देखि २२ गते सम्म कुरिनटार तीज मेला २०७६ हुँने भएको छ ।
हामी सबैको सरोकार ,बनाउँ सम्बृद्ध कुरिनटार भन्ने मूल नारा’का साथ पहिलो पटक ईच्छाकामना कुरिनटारमा भब्य र सभ्यता’का साथ तीज मेला हुन लागेको हो ।

उक्त तिज मेला आयोजक र ईच्चाकामना एफ एम १०२।४ मेघाहर्ज र सह आयोजक, उद्यमशिल महिला जागरण केन्द्र’को प्रतिनिधित्व’मा हुन लागेको हो । कुरिनटार आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ। यसै अनुरुप यस मेलाले आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धि गरी आर्थिक रुपले पनि मजबुत बनाउने र कुरिनटार’लाई राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी तीज मेला सहयोगी सह आयोजक जय माता दि एम्युजमेन्ट’का प्रोपराईटर राजवीर जय सवाल’ले दिनु भएको छ ।

उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका सामानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र तीज गीत प्रतियोगिता,कुरिनटार डान्स आईडल ,चुट्का गीत प्रतियोगीता,एकल लोक गायन प्रतियोगीता ,भलिबल प्रतियोगीता ,विभिन्न जातीय कला ,संस्कृति तथा झाँक्री प्रदर्शनी ,प्यारा ग्लाइडिङ ,मनोरन्जनात्मक बाल उद्यान साँस्कृतिक प्रदर्शनी, चिडियाघर, ब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोकदोहोरी गीत समेत प्रस्तुत हुनेछ ।

साथै पुरुष खुल्ला भलिबल प्रतियोगितामा क्रमश प्रथम हुनेलाई रु ५०००० सिल्ड र प्रमाण पत्र ,दोस्रोलाई रु २५००० सिल्ड मेडल प्रमाण पत्र, ,तृतीय लाई रु ५००० सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने ,एता डान्स आईडल’मा प्रथम हुनेलाई ४०’००० सिल्ड मेडल प्रमाण पत्र’ ,दोश्रो हुनेलाई २०००० सिल्ड मेडल प्रमाण पत्र ,तेस्रो हुनेलाई १०००० मेडल प्रमाण प्रदान गरिने छ भने साथमा विधागत तर्फ विभिन्न आकर्षक पुरस्कारहरु पनि दिईने साथै स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने छ ।

मेलामा ३ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला, हाँस्य ब्यंग प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागी पनी छुट्टै बाल उद्दान, रोटे पिङ्, मारुती सर्कस,कोलम्बस, जादु रहने जानकारी आयोजक ईच्छाकामना एफ एम १०२।४ मेघाहर्ज जनाएको छ ।

मेलाले कुरिनटार’लाई मात्र नभएर अन्य बाह्य छिमेकि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने कुराको जानकारी पनी आयोजक ईच्छाकामना एफ एम १०२ ४ मेघाहर्ज’ले जनाएको छ । मेलाको सह आयोजकमा उद्यमशील महिला जागरण केन्द्र , रहेको छ भने, सहयोगी सह आयोजकमा जय मातादि एम्युजमेन्ट रहेको छ ।

उक्त मेलाको सहयोगी संस्थाहरुमा। कुरिनटार टोल विकास संस्था ,ईच्छाकामना मन्दिर सम्रक्षण समिती ,कुरिनटार ग्रामिण खानेपानी तथा सरसफाई समिती ,खैरेनीटार टोल विकास संस्था ,गैरीगाउँ टोल विकास संस्था रहेका छ्न । news chiranjivi bhandari |9847425260/9803572703|
मनोरंजन’को लागी यो भिडियो पनि हेर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here