गायन यात्रामा पाहिला चाल्दै बोधराज पुरुष

0
132

काठमाडौँ /नेपाली सांगीतिक बजारमा एकपछि अर्को नयाँ प्रतिभावान गायकहरुको उदय भइरहेको छ । कोही विभिन्न टिभी कार्यक्रमको प्रतिस्पर्धाबाट उदाउँदै छन भने कोही आफ्नै एल्बम निकाले नेपाली सांगीतिक वृत्तचित्र भित्र पाइला सार्ने जमर्को गरिरहेका छन ।यसै क्रममा पुर्वान्चलको इटहरी बाट गायन यात्रामा पाहिला चाल्दै गरेका नव गायक बोधराज पौडेल पुरुषको पहिलो सांगीतिक कोशेलि “हेरेको हेरै म ” बोलको गीतको भिडियो पूर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियोको अफिसियल युट्युव च्यानल पूर्वाञ्चल म्युजिक मार्फत आइतबार सार्वजनिक गरेका छ्न ।

नेपाली सङ्गितिक क्षेत्रमा एउटा नयाँ गीत लिएर आएका नव गायक बोधराज पुरुष लामो समयदेखि मोफसलका हस्य कलाकार हुन तितो सत्य बाट कलाकारको यात्रा सुरु गरेका थिए भने पछिल्लो समयमा पुर्वान्चलको लोकप्रिय टेलीभिजन हिमशिखर टेलिभिजन बाट प्रसारण हुने हास्य टेलिफिलिम दोबाटे मा १३९,भाग सम्म अभिनय गरेका उनी उक्त टेलिफिलिममा बेगारी काइलोको भुमिकामा देखिएका थिए। अन्य थुप्रै हर्ट टचिङ र छोटो फिलिममा अभिनय गरेका उनी अहिले गीत गजल गायन र मुक्तक लेखनमा ब्यस्त छन् ।

लक्ष्मि प्रसाद दाहालको शब्द र बोधराज पौडेल पुरुषको संगीतमा रहेको यो गीतमा बोधराज पौडेल पुरुषकै आवाज रहेको छ भने रूद्र श्रेष्ठको एरेन्ज रहेको यस गीतलाई रुद्र श्रेष्ठले मिक्सिङ गरेका हुन् भने गीतको स्टुडियो भिडियोलाई सागर खवसले छायांकन र सम्पादन गरेका हुन्। नव गायक बोधराज पौडेल पुरुषको सांगीतिक यात्राले सफलता पाओस् यहि छ शुभकामन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here