भिटेन र दुर्गेश भन्दा अश्लिल र्याप गाउने र्यापर भरत समारी भन्छन मलाई दुनिया’को बाल मतलब ।

0
149

काठमाडौं । र्यापर तथा हिप-पप गायक भरत समारीको नयाँ गित “ठिक छ ठिक छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीत सुन्दा र्यापर गायक भिटेन’को गीत सिमसिमे पानी बोलको गीत संग मिल्न जान्छ भने, जति शब्द अश्लिल छ भिडियो पनि त्यस्तै छ । त्यसो त र्यापर गायक समारी’को कुरा गर्ने हो भने, दर्जनौ चर्चित र्याप गित तथा अन्य गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किसकेका गायक पछिल्लो समय चर्चामा पनि रहेका छन । उनि अहिले विभिन्न महोत्सब कार्यक्रममा समेत ब्यस्त बन्दै आएका छन् ।

गायक भारत संग हामीले सोधेका थियौं तपाईको यो र्याप गीत’मा यति अश्लिल शब्द किन राख्नु भएको भन्ने प्रश्न मा उनि भन्छन मेरा राम्राराम्रा गीतहरु पनि छन् राम्राराम्रा गीत पनि मैले गरेको छु। जति राम्रा गीतहरु चल्छन नराम्रा गीत त्यो भन्दा बढी चल्छन भिटेनका गीतहरुमा पनि त अश्लिल शब्दहरु छन् भन्छन गायक समारी फेरी हामीले सोध्यौं यो हजुरको गीत भिटेन’को गीत संग मिल्छनि ? उनि भन्छन सबै मिलेको छैन कहीं कति मिल्न जानु स्वाभाविक हो ।

सार्वजनिक र्याप गीतमा शब्द संगीत गायक स्वयम् भरत समारिको नै रहेको यस गीतको म्युजिक भिडियोमा समेत गायक आफैले अभिनय गरेका छन् । ‘”ठिक छ ठिक छ” मा भरत समारी संगै एलिशा आरएल थापा, रोहिनी श्रेष्ठ, रोहन श्रेष्ठ, रोहन खत्री, मायुल जोशी, आकाश गिरि, बिपिन बल तामाङको अभिनय रहेको छ ।

देब थापाले छायांकन गरेको सार्बजनिक म्युजिक भिडियोलाइ ध्रुब बिस्कोले निर्देशन गरेका हुन् । सांगीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला टेक्दै गरेका भरत समारिको अन्य नयाँ नयाँ सांगीतिक कोसेली समेत आउने क्रममा छ । भिडियो हेर्नुहोस : news chiranjivi bhandari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here