१० दिनका लागि सबै बिद्यालय बन्द हुने !

0
104

महागढीमाई नगरपालिका–१ स्थित गढीमाईको मेलालाई लक्ष्य गरी १० दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । मेला भर्नका लागि नेपाल र भारतबाट आउने लाखौँ भतmजनको सुविधाका लागि नगरभित्रका सबै सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको नगर शिक्षा समितिका सदस्य परमहंस यादवले जानकारी दिनुभयो ।

समितिका संयोजक महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा बसेको सो समितिको बैठकले मङ्सिर १० देखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मेला मङ्सिर ३० गतेसम्म चल्नेछ । भौतिक पूर्वाधार अभावका कारण विद्यालयमा नै सुरक्षाकर्मीको व्यवस्थापन, स्वयंसेवक परिचालन तथा मेलाका अन्य तयारीसमेत विद्यालयमा नै गर्नुपर्ने बाध्यताका कारण बिदा दिनुपरेको प्रमुख यादवले बताउनुभयो ।

मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहले ७२ सदस्यीय मूल मेला समिति र १४ उपसमिति गठन गरिएको बताउनुभयो । सुरक्षाका लागि करिब एक हजारभन्दा बढी सुरक्षकर्मी परिचालन गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । मेलामा ६० सीसी क्यामरा जडान गरिनेछ । पाँच वर्षमा लाग्ने गढीमाई मेलाको चहलपहल बढेको छ ।

यो पनि : स्वास्थ्यचौकी सारेकामा विरोध

रुकुम (पूर्व) सिस्ने गाउँपालिका–५ मा रहेको स्वास्थ्यचौकी सिस्ने गाउँपालिका–६ मा सारिएको भन्दै रुकुमकोटमा विरोध शुरु भएको छ । लामो समयदेखि वडा नं ५ मा रहेको स्वास्थ्यचौकी वडा नं ६ को ढकालबारामा सारेपछि विरोध सुरु भएको हो । आफ्नो घरदैलोमा रहेको स्वास्थयचौकी अरू कसैलाई थाहा नदिएर अर्को वडामा सारेपछि विरोध गर्नुपर्ने स्थिति सिर्जना भएको सिस्ने गाउँपालिका–५ का वडा सदस्य फलेन्द्र आचार्यले बताउनुभयो ।

उहाँले स्वास्थ्यचौकी जस्तो संवेदनशील क्षेत्र अन्यत्र सार्दासम्म पनि सिस्ने गाउँपालिकाले आफू तथा वडावासीलाई जानकारीसमेत नगराएको आरोप लगाउनुभयो । स्वास्थ्यचौकी वडा नं ५ का ह्याप्ला, चोताबारी, रुमालबारा तथा अन्य कुनै ठाउँमा सार्ने सिस्ने गाउँपालिकाको निर्णय एकलौटी भएको र त्यो निर्णयप्रति आफूलगायत ५ नं वडावासीको गम्भीर आपत्ति रहेको उहाँको भनाइ छ ।

प्रत्येक स्थानीय तहका हरेक वडामा एउटा स्वास्थयचौकी राख्नुपर्ने नेपाल सरकारको कार्यक्रम रहेको अवस्थामा वडा नं ६ मा नयाँ स्वास्थ्यचौकी माग गर्नुको साटो स्थानीय तहका रुपमा रहेको सिस्ने गाउँपालिकाले वडा नं ५ मा रहेको स्वास्थ्यचौकी वडा नं ६ मा सारेर गल्ती गरेको आरोप उहाँको छ ।

यता सिस्ने गाउँपालिकाले भने सार्नै पर्ने बाध्यता भएर स्वास्थ्यचौकी सारेको जनाएको छ । हाल स्वास्थ्यचौकी रुकुमकोट बसेको ठाउँमा जिल्ला अस्पताल बस्ने भएकाले कार्यपालिकाको निर्णयअनुसार नै जनताको चाहना र आवश्यकताका आधारमा स्वाथ्यचौकी वडा नं ६ को ढकालबारामा सारिएको सिस्ने गाउँपालिका उपाध्यक्ष गोवद्र्र्धन बुढाले जानकारी दिनुभयो । उहाँले वडा नं ५ मा जिल्ला अस्पताल औपचारिक ढङ्गले विधिगत रुपमा स्थापना हुने भएपछि ५ मा भएको स्वास्थ्यचौकी ६ मा सारिएको स्पष्ट पार्नुभयो । वडा नं ५ को स्वास्थ्यचौकी वडा नं ६ मा सारिए पनि वडा नं ५ को रुमालबारामा छिट्टै एउटा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिने उपाध्यक्ष बुढाले बताउनुभयो ।

यो पनि : झिनो अङ्कले घट्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । ओरालोको लय भने झिनो रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१४ विन्दुले घटेर एक हजार १२९.९९ विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.३१ विन्दुले बढेर २४८.९१ पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा समेत सामान्य प्रभाव परेको छ । कूल १५३ कम्पनीको १० लाख १६ हजार ४० कित्ता शेयर रु २५ करोड ९३ लाख ३० हजार ५९५ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर बढेको छ । बैंकिङ १.६२, जलविद्युत् १.६२, वित्त २.८९, निर्जीवन बीमा ३९.७१, लघुवित्त ०.८७ र जीवन बीमा २५.११ विन्दुले घटेको छ । यस्तै व्यापार २७.६४, होटल ४९.११, विकास बैंक २, उत्पादन ०.२८, अन्य १.६६ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेका छन् ।

कारोबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड २० लाख ४८ हजार ५२ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, एनएमी बैंक रु दुई करोड चार लाख ६५ हजार, नेपाल बैंक लिमिटेड रु एक करोड ८७ लाख ७२ हजार १८०, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर रु एक करोड ५६ लाख १५ हजार २३२, नबिल बैंक रु एक करोड ३६ लाख ८७ हजार ४३० र सोल्टी होटलको रु एक करोड ३० लाख ३१ हजार १२४ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

आज सबैभन्दा बढी कमाउनेमा सोल्टी होटल छ । सो होटलका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.८५, नेपाल हाइड्रो ९.३८, ङादी समूह ९.१८, युनिभर्सल पावर ५.७१, जोशी हाइड्रोपावर ५.५६ र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.२४ प्रतिशतले कमाए । यस्तै सिन्धु विकास बैंक ७.९३, अरुण काबेली पावर ४.८, अरुण भ्याली हाइड्रोपावर ४.०८, आँखु खोला जलविद्युत् कम्पनी ३.५७ र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले २.९४ प्रतिशतले गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here