युवतीलाई मुखमैथुन गराउने राई जेल चलान

0
22

काठमाडौं। युवतीलाई करणीको आरोप लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य एवं रत्न राज्य क्याम्पसका स्ववियु सह-सचिव ईन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

करणीको आरोपमा पक्राउ परेका राईलाई ७ देखि १० बर्षसम्मको जेल सजायको माग गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा हालेको हो।

उक्त मुद्दामा राईको बयान र थुनछेक बहश पछि काठमाडौं जिल्ला अदालतका न्यायधिश विनोदकुमार पोखरेलको ईजलासले उनलाई थुनामा पठाउने निर्णय गरेको हो।

राईले तिहारको बेला आफ्नै साथीकी बहिनीलाई भैली खेल्ने बहानामा काठमाडौं माकलबारी स्थित आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको थियो।

पिडितले उजुरी गरेपछि प्रहरीले अनुसन्धान शुरु गर्दा बलात्कार भएको हो भन्ने निश्कर्षमा प्रहरी पुगेपछि मुद्दा दायर गरेको थियो।

याे पनि पढ्नुहाेस् – ‘भीभीआईपी यौन काण्ड’: इन्द्रहाङ राई अनेरास्ववियुबाट निलम्बित

युवतीलाई करणी गरेको आरोपमा पक्राउ परेका तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सह–सहचिव इन्द्रहाङ राई निलम्बनमा परेका छन्।

उनलाई संगठनले शुक्रबारदेखि लागु हुनेगरी संगठनको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो।

उनलाई आरआर स्ववियुले यसअघि नै निलम्बलन गरिसकेको छ।

संगठनका अध्यक्ष ऐन महरले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउनसमेत आफूहरुले सक्दो सहयोग गर्ने उल्लेख छ।

आफ्नै साथीको बहिनीलाई करणी गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

याे पनि पढ्नुहाेस् ; पीडित किशोरीको बयान : साढे ३ घण्टासम्म झम्टिरह्यो, पटक-पटक मुखमैथुन गरायाे

पाँच महिना अघि उच्च शिक्षा अध्ययनका लागि दिदीसँग काठमाडौं आएर भक्तपुरको कौशलटारमा बस्दै आएकी रुपा (नाम परिवर्तन) यस पटकको तिहारमा कोठामा एक्लै परिन । दिदी काठमाडौं बाहिर जानुपरेकोले रुपा एक्ली परेकी थिइन । बहिनीको चिन्ता लागेर उनले आफूसँगै क्याम्पस पढने मित्रलाई अप्ठ्यारो परे भरथेग गरिदिनु है भन्दै सहयोग मागिन । तर तिनै मित्रले बहिनीलाई बलात्कार गरिदिएपछि अहिले पीडित किशोरी भन्दा पीडामा छिन उनकी दिदी । बिश्वासघात गरी बहिनीलाई बलात्कार गर्ने अरु कोही नभएर बिद्यार्थी नेता इन्द्रहाङ राई हुन ।

पीडित रुपाले प्रहरीमा दिएको बयानअनुसार भाइटीकाको अघिल्लो दिन कौशलटारस्थित कोठामा एक्लै थिइन् । अप्ठ्यारो–सप्ठ्यारोमा भरथेग गर्ने राई यसबारे जानकार थिए । दिउँसो उनलाई राईले फोन गरी ‘तीन बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भन्ने आग्रह गरे । सोझी रुपा दाईको आग्रह मान्दै कौशलटारबाट जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे । मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्‍याए, जहाँ उनका आफन्त डेरा गरेर बस्दै आएका थिए । त्यस दिन राईका आफन्त अन्तै गएका थिए । राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन् । राईले केहीबेरपछि देउसी सुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरे । बियर पिएपछि राई एक्कासी रुपामाथि जाइ लागे । पीडित किशोरीका अनुसार सुरुमा राईले हग गरौँ भन्यो, उनले अस्वीकार गरिन, त्यसपछि जबर्जस्ती गर्‍यो ।

रुपाले राईको पञ्जाबाट उम्कन ठुलै प्रयत्न गरिन । तर प्रतिकार गरे पनि उनी उम्किन सकिनन, राईको शिकार बनिन। राईले आफ्नो लिंग पीडितको मुखमा छिराएको पीडितले बताएकी छन । ‘उसले दुई पटकसम्म जबर्जस्ती मेरो मुखमा लिंग छिराइदियो,’ पीडितले भनिन । बलात्कारको क्रममा राईले धेरै धम्की दिएको पनि पीडितले बताएकी छन । दिउँसो ३ बजेदेखि करिब साढे ३ घण्टा उनीमाथि जाइलागेका राईले उनलाई चक्कु देखाएर मार्नेसम्मको धम्की दिएका थिए ।

‘मलाई त्यहाँबाट निस्किन धेरै सकस भयो, कतै पनि भन्दिनँ अहिले यहाँबाट निस्किन दिनुस भनेपछि उसले बाइकमा बसपार्कसम्म ल्याएर छाडिदियो,’ पीडितको भनाई छ । राई अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका स्ववियु सहसचिव हुन्। कान्तिपुर दैनिकले प्रकाशन गरेको पीडितको बयान अझै कारुणिक छ । पीडितको बयानअनुसार राईले त्यस दिन बलात्कारपछि मार्नेसम्मको योजना बनाएको देखिन्छ । समाचारkantipath.com बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here