सभापति दुर्लभ थापाले कम्युनिष्ट सरकारलाई दम्भ त्याग्न चेतावनी दिए

0
34

भक्तपुर– नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कम्युनिष्ट सरकारलाई दम्भ त्याग्न चेतावनी दिएका छन् । भक्तपुर प्रदेशसभाको निर्वाचनमा कृष्णलाल भँडेल विजयी भएपछि सभापति थापाले भक्तपुरका जनताले दुईतिहाइको कम्युनिस्ट सरकारलाई दम्भ त्याग्न भनेको बताएका हुन् ।

अन्तिम परिणाम सार्वजकि भएपछि नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै उनले भने, ‘कम्युनिस्टहरूमा जुन खालको दम्भ थियो त्यो दम्भ हिजोबाट निर्वाचनमार्फत तोडेका छौँ । यो दम्भलाई तोड्ने कार्यलाई निरन्तरता दिनेछौँ । उनले विगतमा कम्युनिस्टहरूले विगतमा निर्वाचनमा जसलाई जागिर खुवाउँछु भनेका बताउँदै झुठ बोल्ने कम्युनिस्टहरूलाई घाँटीमा समातेर जनताका माझ कांग्रेसले उभ्याउने बताए ।

भक्तपुरमा निर्वाचनमा मतदाताहरूलाई प्रभावित बनाउन सडकमा डोजर चलाएर आँखामा छारो हाल्न खोजेको भन्दै सभापति थापाले निर्वाचनका बेला सडकमा चलाइएका डोजरहरूलाई काम पूरा नहुँदासम्म फिर्ता गर्न नदिने बताए ।
प्रचण्डका घरबेटी शारदा अधिकारीको शैलुङ कन्ट्रक्सन किन नहोस् जनताको आँखामा छारो हाल्नेलाई कांग्रेसले छोड्दैन । उनले यहाँका बाटोघाटो नबनेसम्म कुनैपनि ठेकेदारलाई नछाड्ने बताए ।

नेपाली कांग्रेसका नेता एवम् भक्तपुर क्षेत्र नम्बर १ ‘क’बाट नवनिर्वाचित प्रदेश सांसद कृष्णलाल भँडेलले आफू सधैँ जनताको दाजुभाईका रुपमा जनताका माझमा रहेर काम गर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का केन्द्रीय सदस्य रविन्द्रप्रताप शाहले कम्युनिस्टहरूले अपांग देख्ने राप्रपा (संयुक्त)ले ढोकाको चुकुल खुस्काइदिएको बताए ।

विजयी सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँ, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा,ताप्लेजुङ जिल्ला सदस्य सुर्य इजम , राप्रपा (संयुक्त)का भक्तपुर अध्यक्ष रामशरण लामिछानेल गायतका हजारौँ नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।समाचार https://nepalinsider.com/ बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here