कर्णाली बासिको पहिचान देउडामा

0
102

काठमाडौँ / गायक गोर बहादुर कार्कीको दोश्रो सांगीतिक कोशेली मौलिक भाकाको देउडा गीत“जुम्लिया थुम्काको जुम्ला” बोलको गीत सार्वजनिक भएको छ | सिङ्गो कर्णालीको मैलिकता झल्काउने देउडा पछिल्लो समयमा कमै मात्रमा बजारमा आउने गरेका छन् |

आफ्नै रस्ति-बस्ती र थाक-थलोलाई बिशेस प्राथमिकता दिएर सारा जुम्ला बासीहरुको यथार्त चित्रण गरेर तयार पारिएको उक्त गीतमा बिष्णु कुवरको एरेन्ज रहेको “जुम्लिया थुम्काको जुम्ला”बोल रहेको गीतमा गोर बहादुर कार्कीको भाका, शब्द र आवाज रहेको छ भने सो गीतमा गायिका रेखा जोशीले साथ दिएकी छिन् |

जुम्लाकै रमणीय दृस्यहरु समेटिएर छायांकन गरिएको म्युजिक भिडियोलाई बाशु न्यौपानेले छायांकन गरेका हुन् भने दान बहादुर बुढाले निर्देशन गरेका छन् | मनिष कार्कीले सम्पादन गरेको यस म्युजिक भिडियोमा कल्पना ढुंगाना ,शंकर धिताल रत्न कमो बिष्ट लगाएत थुप्रै जुम्ला सिजा बासिहरुले अभिनय गरेका छन् |”जुम्लिया थुम्काको जुम्ला-बोलको गीतको भिडियो पुर्बेली जुनतारा म्युजिक प्रा.लिको अफिसियल youtube च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको हो |

गीतको भिडियो हेर्नुहोस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here