गायक तिलक सिंह पेलाको नयाँ गीत (निर्जन किनार) बजारमा भिडियो ….

0
132

लामो अन्तरालपछि गायक तिलक सिंह पेलाको नयाँ एल्बम सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक तिलक पेलाले आफ्नो म्युजिक एल्बम ‘आँशु भाग–३’ सार्वजनिक गरेका हुन् । यो एल्बमलाई पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र पूर्व संविधान सभा सदस्य कमल क्षेत्री एवं गायकले सार्वजनिक गरेका थिए ।

तीन दशक लामो समयदेखि शास्त्रीय संगीतको साधन, अध्ययनमा लागेका पेलाले २३ वर्ष पछाडि आफ्नो नयाँ गीति एल्बमका साथ दर्शक समक्ष आएका हुन् । कृष्ण सिंह पेलाका शब्दमा तिलक पेलाले संगीत र स्वर भरेका छन् । यो एल्बममा दुई नेपाली गजल, चारवटा आधुनिक गीत, एउटा हिन्दी भजन गरी जम्मा ८ वटा रचना समावेश गरिएका छन् ।

सोही एल्बमको ‘निर्जन किनार’ गीतको म्युजिक भिडियोलाई समेत गायक पेलाले आफ्नो युट्युबमार्फत सार्वजनिक गरेका छन् । ३ दशकदेखि निरन्तर गीत संगीतको क्षेत्रमा लागेका गायक पेलाका पहिलो गीत ‘कहानी बनेन केही, लुकाउन खोज्दा पनि, उनको खुसीमा, ताराहरूको माझ र जिन्दगीको साथमा’ बोलका गीतहरू श्रोता दर्शकहरू माझ निकै लोकप्रिय रहेका छन् । भीडीयो हेरौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here