बरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परि निधन

0
40

साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानका अनुसार मंगलबार राति १ बजे आफ्नो नियमित कार्य सकेर घर फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारका लागि पुर्याएको थियो ।

दरबारमार्गबाट राति करिब १ बजे आफ्नो निवास जडीबुटी फर्किने क्रममा उनी आफैंले चलाएको कार तीनकुनेमा दिभाइडरमा ठोक्कएपछी दुर्घटना भएको थियो । प्रहरीका अनुसार दुर्घटनापछि भट्टराईलाई कारबाट बाहिर निकाल्नै समय लागेको थियो ।

उपचारकै क्रममा मंगलबार बिहान करिब चार बजे उनको निधन भएको अस्पतालले जनाएको छ । दुर्घटनामा उनको छातीमा बढी चोट लागेको हुन सक्ने अनुमान गरिएको छ ।

गायक भट्टराई लामो समयदेखि दरबारमार्गमा आफ्नै गजल रेस्टुरेन्ट सञ्चालन गरिरहेका थिए । पछिल्लो पटक उनी बान थाई रेस्टुरेन्टमा संगीतकर्मीको रूपमा कार्यरत थिए ।

गायक भट्टराई वरिष्ठ गायिका लोचन भट्टराईका भाई हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here