प्रियंका कार्कीको बिहे कहिले ? थाइल्याण्डमा भइरहेछ ब्याचलोरेट पार्टी

0
119

काठमाडौं। प्रियंका कार्कीले छिटै बिहे गर्दैछिन् । उनले ब्याचलोरेट पार्टी गरेर छिटै बिहे गर्ने निश्चित भइसकेको प्रस्ट पारेकी छिन् । अहिले उनी ब्याचलोरेट पार्टी गर्न गर्ल ग्याङसँग थाइल्याण्डमा छिन् । उनको बिहे कहिले हुने भन्ने मिति सार्वजनिक भइसकेको छैन तर यही माघ वा फागुनसम्ममा हुने उनको पार्टीले संकेत गरेको छ ।

प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवांगी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोली सहित थाइल्याण्डमा मस्ती गरिरहेकी छिन् । उनले थाइल्याण्डको समुद्रमा बिकिनीमा बस्ती गरिरहेको गर्ल ग्याङको फोटो इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here