पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस वि.सं. २०७६ माघ ४, शनिबारको राशिफल

0
88

वि.सं. २०७६ माघ ४, शनिबार, इ.स. २०२० जनवरी १८, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० पोहेलागा, माघ कृष्णपक्ष, अष्टमी, ८:५६ बजेदेखि नवमी, ३०:५४ उप्रान्त दशमी, नक्षत्र– स्वाती, २७:२५ बजेउप्रान्त विशाखा, योग– धृति, १५:५७ बजेउप्रान्त शूल, करण– कौलव, ८:५६ बजेदेखि तैतिल, १९:५४ बजेपछि गर, ३०:५४ बजेउप्रान्त वणिज, आनन्दादिमा सिद्धि योग, चन्द्रराशि– तुला,सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:३१ बजे र दिनमान २६ घडी ४ पला। सर्वार्थसिद्धि योग २७:२५ बजेसम्म।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–

पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ,अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ,आतिथ्यपूर्ण सम्मान पाइएला,सहयोगीहरूबाटै धोका दौडधुप,श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ,आजको शुभ अंक ९ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,काममा लगानी बढाउने समय छ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –

तापनि प्रतिष्ठित काम गर्ने मौका छ,प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, आजको शुभ अंक १ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–

समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ, अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ,सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ,सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्,आजको शुभ अंक ३ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ,अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ,सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,आजको शुभ अंक ४ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आफन्तसँग असमझदारी बढ्न सक्छ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,व्यवसायमा लगानी बढाउनुपर्ला, समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्, जिम्मेवारी भने बढिरहनेछन्,आजको शुभ अंक ६ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–

फजुल खर्च पनि बढ्नेछ,चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ,अरूको सुझावप्रति शंका उब्जने समय छ,महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला,आजको शुभ अंक ११ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–

पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ,धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ, मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला,आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–

बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,नयाँ काममा हात हाल्ने समय छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सन्दर पहिरनमा ठाँटिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ, केही समय पर्खंदा स्थितिमा सुधार आउनेछ,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,आजको शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ,मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–

विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ, तर्कशक्ति बढ्नेछ भने काममा उत्साहजनक सफलता मिल्ने समय छ,आत्मसम्मानमा केही आघात पुग्न सक्छ, सचेत रहनुहोला, व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here