नियन्त्रणपछि भ्यानमै साकारको र्याप, प्रहरीले तालि बजाउदै भने राष्ट्र हाक्ने युवा

0
137

विवादित कुराहरु बोलेर फेसबुक लाईभमा आइरहने र्यापर साकारलाई झापा प्रहरीले नियन्त्रणमा लिई परिवारलाई बुझाएको छ । साकार भनिने साकारा अधिकारीका मामा नेपालद्धत शिवाकोटी र आमा रोजु अधिकारीले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई खोजतलासको लागि दिएको निवेदनको आधारमा उनलाई बिर्तामोडको एक होटलबाट बिहिबार नियन्त्रणमा लिई मामालाई बुझाइएको हो । साकार र्याप कन्र्सटको लागि भुटान जाने भन्दै बिगत तिन दिनदेखि बिर्तामोडको एक होटलमा बास बसेका थिए ।

होटलमा उनि मिकि नाम गरेकी एक युवतीसँग बसेर बुधबार साँझ फेसबुक लाईभ गर्दै राजनितिक दलका नेताहरुलाई अपशब्द बोलेका थिए । साथै भिडियोमा खुकुरी देखाउदै चुरोट तानेको समेत देखिन्छ । लाईभमै साकारले रवि लामिछानेले संञ्चालन गर्ने लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगको बिषयमा गलत टिप्पणी समेत गरेका छन् । घर परिवारसँग सल्लाह नगरी साकार घरबाट हिडेको भन्दै उनको मामाले प्रहरीलाई खोजतलासको लागि सहयोग मागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । ‘हामीले मात्र उनलाई होटलबाट नियन्त्रणमा लिइ मामालाई बुझाएका हौ’ उनले भने ।

साकारलाई झापा निवासी मामा नेपालद्धत शिवाकोटीले प्रहरी कार्यालयबाट बुझेको प्रहरीले जनाएको छ । साकारलाई नियन्त्रणमा लिएर फर्किएको प्रहरी टोलीको भ्यानमै र्याप हानेको भिडियो स्वयम साकारले फेसबुकमा लाईभ गरेका छन् । भिडियोमा एक असईको कमाण्डमा रहेको प्रहरी सबार भ्यान भित्र साकारले र्याप हानेका थिए । प्रहरीले पनि ताली बजाउदै राष्ट्र हाक्ने युवा भन्दै उनको समर्थन गरेका थिए । भिडियोमा उनले मामा र आमाको कारणले आफु भुटान कन्र्सट जानबाट रोकिएको बताएका छन् । साथै साकारसँग रहेकी मिकि नाम गरेकी युवतीले पनि भ्यानमा र्याप हानेकी छिन् । उनले नेता र देशको बिरुद्ध बोलेको कारण आमाले चिन्ता लिएर प्रहरीलाई खबर गरेको बताएका छन् ।

हेर्नुस उनले प्रहरी भ्यानामै र्याप हान्दा यस्तो थियो माहौल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here