सिडि विजय अधिकारीको “मोहनी” आज सार्वजनिक हूदै

0
115

पहिलो भोईस अफ नेपाल बिजेता लोकप्रिय गायक सिडि विजय अधिकारीको प्रतिक्षित गीत ‘मोहनी’ शुक्रबार माघ ३ गते (वबल ज्ञठ) मा एभरेष्ट ग्यालरी मार्फत दिउँसो ३ बजे सार्वजनिक हुँदै छ |गीतकार नारद आचार्य सुदामाको उत्कृष्ट शब्द रचनामा प्रसिद्ध संगितकार राजकुमार बगर संगित रहेको उक्त गीतको भिडियो निर्माण एभरेष्ट ग्यालरी टिमले गरेको छ ।

अन्जन शर्माको निर्देशन ,मुकेश हुमागाइको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो सार्वजनिक पुर्वनै चर्चामा छ । निर्माण समूह दर्शक स्रोताको माया पाउने कुरामा ढुक्क छ |मुस्ताङका विविध स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोमा सनम कठायत र ऋचा थापालाइ आकर्षक प्रेममुन्द्रामा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here