२६ वर्षीय शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागीन

0
62

भारतमा एउटा अनौठो घटना भएको छ। भारतको गुजरातमा एउटा शिक्षिका आफनै विद्यार्थी संग भगेकी छिन। गुजरातको गान्धी नगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागेकी छन्। आफनो छोरालाई शिक्षिकाले फकाइ आफनो जालमा पारेको विद्यार्थीका पिता प्रहरीलाई दिउको उजुरीमा उल्लेख गरेका छन।

सरकारी कर्मचारी हुन् र उनले प्रहरी समक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन्। शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि गायब छन्। एक प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिएकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेतावनी समेत दिएका थिए। शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै घटना भएको ती अधिकारीको भनाइ छ।

भारतीय दण्ड संहिताको दफा ३६३ अन्तर्गत पोइल जाने कसूरमा कलोल प्रहरी समक्ष उजुरी दर्ता गरिएको छ। उजुरीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ।
‘म बेलुका ७ बजे घर पुग्दा छोरो हराइरहेको पाएँ। छोरो ४ बजेतिर घरबाट निस्केको पत्नीले बताइन्।

हामीले उसलाई टोलभरि खोज्यौं र नातेदारहरू कहाँ पनि सोधखोज गर्‍यौं तर पत्ता लगाउन सकेनौं। म त्यसपछि शिक्षिकाको घर गएँ तर उनीहरू त्यहाँ थिएनन्,’ किशोरका पिताले उजुरीमा उल्लेख गरेका छन्। उनीहरू दुवैले मोबाइल फोन नबोकेकाले पत्ता लगाउन गाह्रो परेको कलोल शहर प्रहरीका निरीक्षक केके देसाईले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here