गायक पुस्कर र गायिका अनिता’ सुनुवार’ले ल्याए पुर्बेली लोक भाका (परे मत लौ मायाँ जालैमा) भिडियो चर्चामा

0
178

गायक पुस्कर सुनुवार र गायिका अनिता सुनुवार’को आवाजमा पुर्बेली लोका भाकामा बिल्कुलै नयाँ गीत (परे मत लौ मायाँ जालैमा) गीतको भिडियो सार्वजनिक भएको छ । भर्सटाईळ गायक पुस्कर सुनुवार हरेक प्रकारका गीत गाउने गायक हुन् भने अनिता सुनुवार नव गायिका हुन् । गायक संगीतकार पुस्कर सुनुवार संग सहकार्य गर्न पाउँदा खुशी छु भन्छिन गायिका अनिता।

गीतमा शब्द किरण के उप्रेतीको रहेको छ भने संगीत तथा संगीत संयोजन पुस्कर सुनुवारकै रहेको छ । गीतको भिडियोमा निर्देशन निरेन श्रेष्ठ छायांकन केशव बिश्वकर्मा सम्पादन मोहन सुनुवारको रहेको छ । भिडियोमा बिनिता सुनुवार र सुदिप सुनुवारको रमाईलो अभिनय रहेको छ । गीतको भिडियोलाई पुस्कर सुनुवारको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here