संखुवासभा जिल्लाको निर्माणधीन पावारहाउस नजिकै बम विस्फोट

0
91

संखुवासभा, १२ माघ । संखुवासभा जिल्लाको निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावारहाउस नजिकै बम विस्फोट भएको छ ।

आइतबार बिहान चिचिला गाउँपालिका–२ पुखुवामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावारहाउस नजिकै अज्ञात समूहले कुकर बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

संखुवासभा प्रहरीका अनुसार विस्फोटबाट अरुण तेस्रोले प्रयोग गरिरहेको जेनेरेटर र पर्खालमा क्षति पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here