श्री गणेश भगवानको दर्शन गर्दै,वि.सं. २०७६ माघ १४, मंगलबारको राशिफल हेर्नुहोस्

0
129

वि.सं. २०७६ माघ १४, मंगलबार, इ.स. २०२० जनवरी २८, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० सिल्लाथ्व, माघ शुक्लपक्ष, चतुर्थी, ३२:४२ उप्रान्त पञ्चमी, नक्षत्र– शतभिषा, ८:१० बजेउप्रान्त पूर्वभाद्रपदा, योग– परिघ, २६:३५ बजेउप्रान्त शिव, करण– वणिज, १९:३८ बजेदेखि भद्रा, ३२:४२ बजेउप्रान्त वव, आनन्दादिमा मृत्यु योग, चन्द्रराशि– कुम्भ, २८:०३ बजेउप्रान्त मीन,सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:३९ बजे र दिनमान २६ घडी २ पला। पञ्चक। तिलकुन्द चतुर्थी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

प्रशंसकहरू बढ्नेछन् भने नाम,दाम र इनाम हातपार्ने समय छ,कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,आजको शुभ अंक ७ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,श्रमको प्रतिफल कमैमात्र हातलागी हुनेछ,बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,आजको शुभ अंक १ रहेको छ l

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –

राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ, अनुभवले ज्ञानको दायरा बढ्नेछ,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,आजको शुभ अंक ९ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ, कम्जोर अनुभूति हुनेछ,गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ,आजको शुभ अंक ६ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ,गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला,प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ,प्रशस्त धनलाभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

विभिन्न अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्, परिस्थितिको बन्धनमा परिने समय छ,हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–

धैर्यले काम लिन सकिनेछ, लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ,गोपनीयतामा ध्यान दिनुहोला,प्रयत्न गर्दा विदेश यात्राको अवसर समेत जुट्न सक्छ, बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ,आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) –
अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला, व्यवसायमूलक भ्रमण गर्ने समय छ,फसिने डरले सताउन सक्छ, झगडा पनि हुनसक्छ,पारिवारिक जमघटमा मन रमाउनेछ, चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–

झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ, वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ ,पेटको गडबडीले सताउन सक्छ,सचत रहनुहोस्,सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्,टाढिएका साथीभाइ नजिकिनाले सुखदुःखमा साथ पाइनेछ,स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्,आजको शुभ अंक १२ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ,आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ,केही चुनौती देखिए पनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ,अधुरा कामहरू बन्नेछन्,आजको शुभ अंक ११ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here