ट्रक दुर्घटनामा ३ जनाको मृत्यु

0
84

भैरहवा परासी सडकखण्डको रोहिणी गाउँपालिका ४ सुलिहवामा सवारी दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव ज्ञवालीका अनुसार मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन ४ का ३० वर्षीय लालु कुर्मी, ३५ वर्षीय भविकन कुर्मी र सुनसरी चतरा का ३५ वर्षीय पूर्णबहादुर भुजेल रहेका छन् ।

भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवातर्फ आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । एका बिहानै हुस्सु लागेको अवस्थामा ना २ ख ८४८१ नम्बरको ट्रकले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ ।

घाइते मध्ये २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवा भीम अस्पताल र युनिर्भसल मेडिकल कलेज अफ साइन्सेसमा (मेडिकल कलेज) उपचार भइरहेको छ ।

प्रहरीका अनुसार तनहुँका विरेन्द्र गुरुङ, नवलपरासी पाल्हीनन्दनका मनिष धवल, शैलेश कुर्मी, त्रिभुवन हरिजन र अखिलेश यादवको भीम अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै नवलपरासी पाल्हीनन्दनका दुधही हरिजन, मोहन राय, विनोद धवल र सुवास कुर्मी मेडिकल कलेजमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here