लोकप्रिय गायक भरत क्षेत्रि र गायिका लक्ष्मी बस्नेत’को आवाजमा पन्चेबाजा (औँठि सुनको) गीतः भिडियो सार्वजनिक

0
1453

माघ १६ काठमाण्डौ । पछिल्लो वर्ष सालैजो,एक नम्बर, क्याप्टेन बा, लगायतका दर्जनौ गितबाट निकै चर्चा कमाएका लोकप्रिय गायक तथा लोक दोहोरी गीत प्रतिष्ठान नवलपरासी”का अध्यक्ष भरत क्षेत्रिको पन्चेबाजा (औँठि सुनको) गीतको भिडियो भर्खरै सार्वजनिक भएको छ ।

गीतको भिडियोमा पारम्पारिक पन्चेबाजा सहितको बावाहको भिडियोलाई प्रस्तुत गरिएको छ । लोप हुँदै गएको पन्चेबाजा सहित’को विवाहको झलक यस गीतको भिडियोमा देखाईएको छ । र मेरो सोंच परम्परा गत पन्चेबाजा लोप नहोस भन्ने हेतुले पनि मैले मेरो गीत पन्चेबाजामा परम्परागत बिवाह’को झलक देखाएको हुँ भन्छन लोकप्रिय गायक भरत क्षेत्रि ।
उक्त गीतमा गायक भरत क्षेत्रिलाई गायकीमा गायिका लक्ष्मी बस्नेतले साथ् दिएकि छन् भने, गीतमा शब्द/ संगीत महेन्द्र रेग्मी’को रहेको छ । गीतको भिडियोमा निर्देशन/ सम्पादन/ छायांकन बिष्णु भट्टराई’ले गरेका छन् । भिडियोमा गायक स्वयम् भरत क्षेत्रि ,जुना, लक्ष्मी’ कृष्णमानको रमाईलो अभिनय रहेको छ ।

उक्त गीतको भिडियोलाई अविरल फिल्मस प्रालिले बजारमा ल्याएको छ । गीतको भिडियोले दर्शक स्रोताको मन जित्नेमा
गायक क्षेत्रि ढुक्क छन् । भिडियोलाई गायक भरत क्षेत्रिको आफ्नै युट्युब च्यानलमा हेर्न सकिन्छ भने’ गीत तथा भिडियोको प्रस्तुतकर्ता जिबन परियार रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here