प्रेमदिवसमा प्रेमी प्रेमीका’का लागी “आउ आउ प्रियसी” म्युजिक भिडियो बजारमा……

0
232

माघ २१ काठमाण्डौः दोस्रो नेपाल आइडल रबि ओड र गायिका प्रविशा अधिकारीको स्वर रहेको प्रेमदिवस लक्षित “आउ आउ प्रियसी” सार्वजनिक भएको छ ।

मुस्ताङ र कुलेखानीमा छायांकन गरिएको उक्त भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा चर्चामा रहेको सनम कठायत र समिक्षा पोखरेलको जोडीलाई प्रेम मुद्रामा देख्न सकिन्छ।

केशव बैरागी माइलोको शब्द र राजकुमार बगरको संगित रहेको उक्त भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ । अन्जन शर्माले निर्देशन गर्नु भएको उक्त भिडियोमा मुकेश हुमागाईं र उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here