दशौ वर्षको अवसरमा प्रथम ज्योति फिल्मस म्युजिक अवार्ड २०७६ सम्पन्न। ..

0
83

बनेपा ‘पुराना कलाकारलाई सम्मान,नयाँलाई प्रोत्साहान’ भन्ने मुल नाराका साथ् ज्योति फिल्मस प्रालिको आयोजनामा हिजो राष्ट्रिय नाच घर जमल बाट ज्योति फिल्मस म्युजिक अवार्ड भब्य रुपमा सम्पन्न भएको छ ।

सहरी बिकास राज्यमन्त्री राम वीर मानन्धरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा ७ जना चर्चित पत्रकारहरु राजु बोहरा , अरबिन्द्र गौतम , सुमन बैरागि , कृष्ण भट्टराई , सन्तोष दाहाल , शिबराम भण्डारी र बर्षा सिलवाल सम्मानित हुनु भएकको थियो ।

ज्योति फिल्मस म्युजिक प्रालिको दशौ वर्षको अवसरमा प्रथम ज्योति फिल्मस म्युजिक अवार्ड गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ठ ५ मनोनयन सार्वजनिक गरी ४२ विधा बाट उत्कृष्ठमा परेका परेका श्रष्ठाहरुलाई अवार्ड र प्रमाण पत्र वितरण कार्य सम्पन्न गरिएको छ । उक्त कार्यक्रमा सांगीतिक क्षेत्रका बरिष्ठ व्यक्तित्वहरुको उपस्थिति समेत रहेको थियो भने अवार्ड कार्यक्रम लाई विभिन्न राष्ट्रिय टेलिभिजन र रेडियो बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here