हिन्दी र नेपाली भाषामा नयाँ गीतको भिडियो सार्वजनिक हुदैँ

0
577

काठमाडौं । बिगत केही समय अघि देखि हङकङमा रहेका गायक दिनेश लिम्बुले म्यासप शैलीमा नयाँ गीतको भिडियो तयार पारेका छन् । उनले हिन्दी र नेपाली भाषामा नयाँ गीतको भिडियो तयार गरेका हुन् ।

हङकङमै खिचिएको उक्त भिडियोमा दिनेश लिम्बु, असिम लिम्बु र सोनियाँ घिसिङको रोमान्स देख्न सकिने छ । उक्त भिडियोको निर्देशन र सम्पादन एलिन स्याङतानले गरेका छन् भने डेनीस पुनको छायाँकन रहेको छ । आकाँक्षा लिम्बुको श्रृङ्गार रहेको यस भिडियोमा आबीड प्रोको ग्राफिक डिजाईन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here