गायक प्रदिप ग्लानले सर्वोत्कृष्ट तामाङ सेलो गायककाे अवार्ड जिते

0
237

काठमाडौं | गायक प्रदिप ग्लानले सर्वोत्कृष्ट तामाङ सेलो गायककाे अवार्ड हात पारेका छन्। जेबा जेबा’ बोलको तामाङ सेलो गीतबाट उनले साे अवार्ड हात पारेका हुन् ।

ज्योति फिल्मकाे आयाेजनामा सम्पन्न कार्यक्रममा उनलाई साे अवार्ड प्रदान गरिएको थियो । बिहीबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उनलाई अवार्ड हस्तान्तरण गरे । गीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्डको आयोजना गरिएको ज्योति फिल्म्स प्रोडक्सनले बताएको छ ।

गायक प्रदिप ग्लानले अवार्ड आफ्नो मिहिनेत र कलाको सम्मान भएको बताएका छन् । उनले तामाङ सेलो गीतको प्रचार र प्रवर्द्धनमा कमी हुँदै गइरहेको समयमा आफ्नो कलाको सम्मानस्वरुप अवार्ड पाउँदा निकै खुसी भएको बताए ।

गायक प्रदिप ग्लान लामो समयदेखि सेलो तथा आधुनिक र आफ्नो सस्कृति गीतहरु उर्जागर गर्न यस क्षेत्रमा सेलो गीत बजारमा ल्यउनेगरेका छन् । अवार्डमा १ वैशाख २०७५ देखि २० पुससम्म बजारमा आएका गीतसंगीतसँग सम्बद्ध ६० विधामा उत्कृष्ट हुनेलाई सम्मान गरिएको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here