गायक/ संगीतकार भुवन सुप्तिहाङ’को संगीतमा गायिका अन्जु पन्त’को आवाज (नमस्ते छहरा) भिडियो साहित।

0
129

गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । गायक संगीतकार भुवन’ले (नमस्ते छहरा) बोलको गीत बजारमा ल्याएका छन् ।

सार्वजनिक गीतमा गीतकारले नेपालका झरना छहरा’को बर्णन गरेका छन् भने’झरना छहरा’को सुन्दरता र विशेषतालाई समेटेका छन् । यसअघि विभिन्न पर्यटकीय गीतहरु गाइसकेका भुवनले यसपटक नेपालका झरना छहरा नेपालको सौन्दर्यलाई बर्णन गरेको गीत गाएका हुन् ।

गीतकार घनश्याम राई (बेनु)को शब्दमा र गायक भुवनकै संगीत रहेको छ । गीतमा संगीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् । उक्त गीतलाई चर्चित गायिका अन्जु पन्तले गएकी छन् ।

हाल अमेरिकामा रहेका गायक भुवनले सयौँ गीतमा स्वर तथा संगीत गरिसकेका छन् । उनका आधा दर्जनभन्दा बढी पर्यटकीय मात्र गीत रहेका छन् । पुर्वको इलाम, भेडेटारजस्ता पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने हेतुले त्यहाँको सुन्दरता र विशेषताका बारेमा गीत गाइसकेका भुवनले भने,
अहिले भने’ नमस्ते छहरा बोलको गीतदर्शक स्रोता माझ ल्याएका छन् । उक्त गीतलाई गायक भुवन’कै युट्युबमा हेर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here