गरीब दुखिहरू’का हीरो मनका धनि कलाकार रबि सिंह’ले लक डाउनमा गरे खाना तथा राहत वितरण।।।

0
53

कलाकार रबि सिंह र बौद्ध तामाङ कल्याण गुठिको संयुक्त आयोजना केहि दिन अघि बौद्ध स्तुपा नजिक महेन्द्र स्कुलको प्राङ्गणमा ८०० देखि १००० जना सम्मका अति बिपन्न परिवारहरुलाई खाना खुलाइको छ |

आज विश्व कोरोनाको संक्रमणबाट गुज्रीरहेको अवस्थामा र देशमा लक डाउन भएको अवस्थामा दिन भरी काम गरेर खाने छाक टार्ने श्रमिक अति बिपन्न परीवार हरुलाई हामीले मिलेर राहत र खाना खुलाएका हौं भन्छ्न कलाकार रबि सिंह | उनी भन्छ्न अहिले म कलाकार भन्दा पनि खान नपाएर दु:खमा भएका हरुका लागि मात्र सहयोगी बन्ने प्रयास गरेको हुँ |

साथै मैले गरेको सानो सहयोगले पनि केही हुन्छ र मैले गरेको सहयोग देखेर कुनै पनि अरु ब्यक्तिले खान नपाएका हरुलाई राहत र खाना खुलाउछ भने तब बल्ल म आफुले गरेको सहयोगी कार्य सफल भएको ठान्दछु | र यदि कोई लक डाउनको मारमा परी खान बाट बन्चित हुनुहुन्छ भने मलाई मेरो नम्बरमा सम्पर्क गर्नुहोस भन्दै उनले अनुरोध पनि गरेका छ्न |

बौद्ध तामाङ कल्याण गुठिका पदाधीकारीहरु साथै कृष लामा .गुरु दोर्जे लामा लगायतका ब्यक्तिहरुले आफ्नो वडामा रहेका बिपन्न परीवारलाई राहत र खाना खुलाउनुका साथै आगामी लक डाउन नखुल्दा सम्म मर्कामा परेकालाई खाना सहित राहत प्रदान गर्ने बताए |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here