गीतकार तथा समाजसेवी यशु थापा’को ‘बरिलै माईतिको आंगन’ तीज गीत सार्वजनिक भिडियो हेरौं

0
194

हिन्दू नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा बजारमा तिजका गीतसंगीत पनि सार्वजनिक हुने क्रम बढिरहेको छ । यस्तै विषयबस्तुलाइ समेटेर गीतकार तथा समाजसेवी यशु थापाको शव्दमा “बरिलै माइतिको आंगन ” सार्वजनिक गरेकी छिन् । कतारमा भएको स्टार ईन्टरनेशनल अवार्ड, सगरमाथा अवार्ड लगायत थुप्रै विधामा सम्मानित भैसकेकि गीतकार यशुका यस अघिका केही गीतहरु चर्चामा रहेका छन ।

सार्वजनिक भएका तिज गित भन्दा फरक तथा मौलिक किसिमको रहेको गितमा आवाज भने गायिका अन्जु पन्त र गायक तिलक बसनेतको रहेको छ भने संगीत पनि तिलक बस्नेतकै रहेको छ । गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन गरेका छन् ।

“बरिलै माइतीको आंगन” गितको भिडियोलाइ भने अर्जुन तिवारीले छायाँकन गरेका छन । शिव बिकले निर्देशन गरेका भिडियोमा गायक तथा मोडेल दुर्गेस थापा र सर्बाधिक नाचेर विश्व रेकर्ड राखन सफल दिदि र बहिनि रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठको अभिनय रहेको छ भिडियोलाई दुर्गेस थापाको यूटयूब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here